Get a Free Quote

Get a free quotes
Edit Template

उच्चस्तरीय प्रविधिबाट गुणस्तरीय कंक्रिट निर्माण सामग्री उत्पादन गर्दै जगदम्बा

नेपालमा २०७२ सालमा विनाशकारी भूकम्प गयो । भूकम्पपछि धेरै वैकल्पिक निर्माण प्रविधि नेपालमा भित्रिएका छन् । पछिल्लो समय वैकल्पिक निर्माण सामग्रीप्रति उपभोक्ताहरुको आकर्षण पनि बढ्दो छ । वैकल्पिक निर्माण प्रविधि उत्पादनको प्रयोग पनि विस्तारै बढिरहेको छ । यस वैकल्पिक निर्माण प्रविधिमध्ये जगदम्बा कंक्रिटो पनि एक हो । जर्मनी प्रविधिबाट नेपालमा गुणस्तरीय कंक्रिट प्रिकास्ट सामाग्री उत्पादन गर्ने यस कम्पनीले भूकम्पपछि नेपाली बजारमा गुणस्तरीय उत्पादन उच्चस्तरीय प्रविधिको प्रयोगमार्फत गरिरहेको छ । यसै कम्पनीको उत्पादन, गुणस्तर लगायत विभिन्न विषयमा केन्द्रित रहेर जगदम्बा कंक्रिटो कम्पनीका इञ्जिनियर कुशल काफ्लेसंग होमल्याण्ड खबरका लागि सह -सम्पादक पूजा बगालेले गरेको कुराकानी ः

 

जगदम्बा कंक्रिटो कम्पनीले के के गर्दै आएको छ ?

जगदम्बा कंक्रिटो कम्पनीले गुणस्तरीय कंक्रिट सामाग्री उत्पादनको लक्ष्यसहित नेपालमै जर्मन प्रविधिबाट उत्पादन गरिरहेको छ । भूकम्प पछाडीबाट हामीले सेवा दिन शुरू गरेका हौं । भुकम्पले धेरै नै असर गर्यो । त्यसैले भुकम्पपछि देशको दिगो विकासको लागि गुणस्तरीय प्रिकास्ट कंक्रिट सामाग्री बजारमा ल्याएका हौं । जगदम्बा कंक्रिटोले आफनो गुणस्तरीय उत्पादनमार्फत मानिसहरुको जीवनस्तरमा प्रत्यक्ष लाभ प्रदान गरिरहेको छ । उपभोक्ताहरुमा विश्वासको वातावरण बिकास गर्दै आएको छ ।

अरु कम्पनीका उत्पादन प्रयोग नगरेर जगदम्बाकै उत्पादन किन प्रयोग गर्ने त ?  जगदम्बाका उत्पादनमा के भिन्नता छ ?

हामीले उत्पादनको गुणस्तरमा सम्झौता गरेका छैनौं । बजारमा समान आकार नहुने, चाँडै टुटफुट हुने र कमसल कंक्रिटो उत्पादन भईरहेको उपभोक्ताहरुको गुनासो सुनिइरहेको समयमा हामीले समान आकार,टुटफुट नहुने र गुणस्तर भएको कंक्रिट सामाग्रीहरु उत्पादन गरिरहेका छौं । त्यस्ता कमसल उत्पादनलाई बिस्थापित गर्ने लक्ष्य अनुसार नै जगदम्बा कंक्रिटो प्रा.लि सफल भएको छ । प्रिकास्ट वस्तुहरू जस्तो नी पाइन्छ बजारमा । तर, जगदम्बाले ल्याएको वस्तुहरूको गुणस्तर उच्चस्तरीय छ । उच्चस्तरीय उत्पादन हुने भएकाले स्थानीय स्तरमा बनाइएका उत्पादनभन्दा राम्रो र गुणस्तरीय हुने कारणले लामो समयसम्म टिकाउ हुन्छ । जसले गर्दा यसले देशको दिगो विकासमा सहयोग पुर्याउँदछ । हाम्रो उत्पादन प्रयोग गर्ने उपभोक्ताहरुले आफुहरु सन्तुष्ट रहेको प्रतिक्रिया दिइरहनुभएको छ । उहाँहरुको प्रतिक्रियाले पनि हामीले उत्पादनमा गुणस्तरमा ध्यान दिएको कुरा पुष्टि हुन्छ । हाम्रो विशेषता भनेकै उपभोक्तहरुका लागि गुणस्तरीय सामाग्री उत्पादन गर्ने हो ।

जगदम्बा कंक्रिटो प्रयोग गर्दा हुने फाइदाहरू के के छन् ?

जगदम्बा कंक्रिटोले विशेष श्रेणीको गुणस्तरीय उत्पादन , उच्चस्तरीय प्रविधिबाट तयार गर्दछ । उच्चस्तरीय प्रविधिबाट उत्पादन गरिने हुँदा यसले दिगो विकासमा सहयोग पुग्दछ । शुरूमा अलिकति महँगोजस्तो लागेपनि लामो समय टिकाउ हुने भएकाले त्यसरी हिसाब गर्दा अन्य कम्पनीको उत्पादन भन्दा सस्तो पर्न आउँछ । शूरूमा थोरै बढी लगानी लागेपनि यो लामो समय टिक्ने हुँदा उपभोक्तालाई दिर्घकालमा हेर्दा यसको उपयोग फाइदाजनक छ ।

जगदम्बा कंक्रिटोको उत्पादनलाई सरकारी परियोजनामा स्वीकृति दिएको छ त ?

अवश्य दिएको छ । स्वीकृति विना हामीले कुनै परियोजनामा जगदम्बा कंक्रिटोका उत्पादन प्रयोग गरेका छैनौं । विशेष गरि सरकारी परियोजनाहरुमा बलियो र आकार भनेको जति चाहिन्छ । काठमाडौंको हकमा सडक डिभिजनका प्रमुख कुबेर नेपालीले यसको बास्ताबिक परिक्षण गर्नुहुन्छ उहाँले बलियो र आकारमा सम्झौता नगर्ने हुनाले हामीलाई धेरै सहयोग भएको छ । साथै हामीले परिआएको खण्डमा टेक्निकलरुपमा सहयोग पनि गर्दछौं ।

बुढानिलकण्ठ साइटमा पेभर्सको प्रयोग:कीर्तिपुर साइटमा पेभर्स,कर्भको प्रयोग:पुतलीसडक साइटमा पेभर्स,कर्भको प्रयोग:

अहिलेचाहीँ कम्पनीले अरु के के गरिरहेको छ त ?

हाल कम्पनीले ईटाहरु, हलो ब्लक, सोलिड ब्लक लगायत सम्र्पुण प्रकारका पेभर, कर्भ, सकर ड्रेन र आवश्यकता आनुसारका अन्य उत्पादनहरु गरिरहेको छ । पर्सा जिल्लामा मात्र नभएर देशका बिभिन्न जिल्लाहरु जस्तै चितवन, बारा, रौतहट, सिरहा, रुपन्देही, मकवानपुर, कास्की, काठमाडौं, भक्तपुर, ललितपुर, आदिमा पुर्याउन सफल भएको छ । काठमाडौंको लागि तिनकुनेको न्यौपाने टावरको चौथो तलामा  कर्पोरेट कार्यालय अवस्थित छ । धेरै जसो घर, सडक लगायत सरकारी परियोजनामा पनि हाम्रो जगदम्बा कंक्रिटो निर्मित वस्तुहरु नै प्रयोग गरिएको छ ।

वीरगञ्ज साइटमा ईट्टाको प्रयोग:चितवन साइटमा पेभर्सको प्रयोग:

लकडाउनले व्यवसायमा कस्तो असर परेको छ ?

सरकारले यस क्षेत्रलाई प्रथामिकतामा राख्ने भनेता पनि भने अनुसार हुन सकेको थिएन । तर बसन्तकुमार नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएर आएपछि कंक्रिट उत्पादन गर्ने उद्योगलाई राम्रो भएको छ । सरकारको राम्रो साथ पाएका छौं । लकडाउनले व्यवसायमा अलिअलि असर त परेको छ तर लकडाउन खुलेपछि बजार उकासिन्छ, राम्रो हुन्छ भन्नेमा आशावादी छौं ।

Source: HomelandKhabar https://homelandkhabar.com/archives/25570

Jagdamba Concreto  established in 2016, is a block industry adopting the latest European technology(German & UK technology) of 21st century and located in central zone of east west highway of Nepal. 

Useful links

Home

About Us

Our Team

Blogs

Company

Our Products

Services

Resources

Gallery

Newsletter

Building the future with the strength of concrete.

You have been successfully Subscribed! Ops! Something went wrong, please try again.

Jagdamba Concreto Ltd. | All Rights Reserved | Website Designed & Developed by Ads Bee Media Pvt. Ltd