Get a Free Quote

Get a free quotes
Edit Template

निर्माणको लागत घटाउन जगदम्बा कंक्रिटोका ‘प्रि-कास्ट’

जगदम्बा कंक्रिटो प्रा.लि.२०७५ सालबाट नेपालमै पहिलो पटक बेलायती र जर्मनी प्रबिधिबाट गुणस्तरीय कंक्रिटो उत्पादन गर्न सुरु गरेको थियो । अहिले नेपाल बजारमा मात्रै नभई अब भारतीय बजारमा समेत जगदम्बको कंक्रिटोको माग आएको कम्पनीले बताएको छ ।

उच्च गुणस्तरको निर्माण सामाग्री उत्पादन गरी निर्माणमा सबैभन्दा ठूलो योगदान गर्ने मूख्य उद्देश्यका साथ कम्पनीले काम गरिरहेको उनले बताए । उनले बजार विस्तार र निर्माणका लागि आवश्यकता अनुसार नेपाल भित्र कम्पनीको थप उद्योग स्थापना गर्ने र प्रतिष्पर्धी मूल्य कायम गरी उपभोक्तालाई गुणस्तीय वस्तु उपलब्ध गराउने कम्पनीको लक्ष्य रहेको उनले बताए ।

जगदम्बा कंक्रिटो नै रोजाईमा पर्नुका केही कारणहरु  छन् । बजारमा समान आकार नहुने, चाँडै टुटफुट नहुने र कमसल कंक्रिट उत्पादन भईरहेको समयमा जगदम्बकाको उत्पादन भने एकदमै गुणस्तरीय रहेको निर्देशक गुप्ता बताउँछन् ।

समान आकार, टुटफुट नहुने र गुणस्तर भएको कंक्रिट उत्पादन गरी त्यस्ता उत्पादनलाई बिस्थापित गर्न लक्ष्य अनुसार जगदम्बा कंक्रिटो प्रालि सफल भएको कम्पनीका उनको दावी छ । समृद्धि र आधुनिक समाजको आवश्यकतालाई मनन्गर्दै अत्यधुनिक र गुणस्तरीय प्रि-कास्ट वस्तुहरुको उत्पादन गर्न नेपालमै जगदम्बा समूहमा आवद्ध उद्यमीहरुले वीरगञ्जस्थित छातापिप्रामा जगदम्बा कंक्रिटो नामक उद्योग स्थापना गरेका थिए ।

कम्पनीको उद्देश्य उपभोक्ताहरुलाई उचित मूल्यमा उच्च गुणस्तरको वस्तुहरु प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ । अर्कोतर्फ देशकै अर्थ व्यवस्थामा सहयोग पुर्याइ देश निर्माण र आयात प्रतिस्थापनलाई निरुत्साहित गर्नु रहेको कम्पनीले बताएको छ ।

परम्परागत तथा स्थानीय तवरले स्थापना गरिएका, नेपाल सरकारका निकायमा विधिवत रुपमा दर्ता नभएका र गुणस्तरहीन वस्तुहरु उत्पादन गरिरहेका उद्योगहरुलाई पनि नेपाल सरकारले यस किसिमको उद्योगमा रुपान्तरण गर्दै समग्र राष्ट्रको आय आर्जनमा टेवा पुरयाउन मद्दत पुग्ने, राजश्व र रोजगारीमा समेत वृद्धि हुने देखिएको जगदम्बा कंक्रिटोले जनाएको छ ।

यस प्रकारका उद्योगबाट देश निर्माणमा चाहिने पूर्व निर्मित प्रि-कास्ट विभिन्न प्रकारका वस्तुहरु उत्पादन हुनेछन् । वस्तु विविधिकरण यसको अर्को मुख्य विशेषता रहेको छ । यसबाट निर्मित घर, हाउजिङ्ग, अपार्टमेन्ट, सपिङ्ग कम्प्लेक्स, होटल, बाटो, राजमार्ग, पार्क आदि जस्ता संरचनालाई आवश्यक ईटा, ब्लक, पेभर, स्ल्याव, कर्भस्टोन लगायतका वस्तुहरु उच्च गुणस्तरका साथ उत्पादन हुने कम्पनीले जानकारी दिएको छ ।

साथै यस्ता वस्तुहरु राष्ट्रिय गौरवका आयोजनामा समेत प्रयोग गर्दा समय तथा खर्चको बचत हुनेछ । कम्पनीका अनुसार यस उद्योगद्वारा उत्पादित वस्तुहरुको प्रयोग गरेको खण्डमा लागत दश देखि ७५ प्रतिशतसम्म बचत हुने कम्पनीले जनाएको छ । यस किसिमका वस्तुहरु निर्माण प्रक्रियामा धुँवा, धुलो उड्ने समस्या नरहने, कृषियोग्य माटोको प्रयोग गर्नु नपर्ने, ओसार पोसार र निर्माणका चरणहरुमा पनि धुलोमुक्त हुने हुनाले मजदुर तथा आम उपभोक्ताको स्वास्थ्यमा नकरात्मक प्रभाव नपर्ने कम्पनीले जनाएको छ ।

‘यस प्रकारको वस्तुहरु देशमै उपलब्धता रहेको बालुवा, सिमेन्ट र खेर गईरहेको खरानी प्रयोग गरी अत्यधुनिक रोवोटिक प्लान्टद्वारा उत्पादन गर्न सकिन्छ । यस प्रकारका बस्तु उत्पादन गर्न कच्चा पदार्थको उचित समिश्रण गरी प्रदुषणरहित तरिकाले उच्च भारवहन क्षमता वहन गर्न सक्ने प्रि-कास्ट वस्तुहरु तयार पार्न सकिन्छ,’ कम्पनीका निर्देशक गुप्ता भन्छन्, ‘दिगो निर्माणका लागि गुणस्तर अपरिहार्य रहेको छ ।’

कुनै पनि संरचना तथा निर्माणलाई मजवुत र लामो समयसम्म टिकाउन यस प्रकारका वस्तुहरुको ठूलो भूमिका रहन्छ । हाल नेपालमा अझै पनि विविध निर्माण सामग्रीहरुमा गुणस्तरको व्यवस्था नहुनाले ठुला परियोजनाहरुमा कमसल र गुणस्तरहिन सामग्रीहरुको प्रयोग ब्यापक रहेको छ ।

जसले गर्दा एकातर्फ परियोजनाको कामको टुंगो नलाग्दा लामो समय लागि रहेको छ भने अर्कोतर्फ ठूलो धनरासी पनि खर्च भइरहेको छ ।

source: OnlineKhabar (https://www.onlinekhabar.com/2021/01/927913)

Jagdamba Concreto  established in 2016, is a block industry adopting the latest European technology(German & UK technology) of 21st century and located in central zone of east west highway of Nepal. 

Useful links

Home

About Us

Our Team

Blogs

Company

Our Products

Services

Resources

Gallery

Newsletter

Building the future with the strength of concrete.

You have been successfully Subscribed! Ops! Something went wrong, please try again.

Jagdamba Concreto Ltd. | All Rights Reserved | Website Designed & Developed by Ads Bee Media Pvt. Ltd